मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
२०८० भदौ ३१ आइतबार १५:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा शंकास्पद अवस्थामा महिलाको शव फेला 

Read Time : < 1 मिनेट
२०८० भदौ ३१ आइतबार १५:३३:००

सिराहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– ५ देवनगरमा शंकास्पद अवस्थामा महिलाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार नवराजपुर– ५ देवनगरकी करिब २१ वर्षीया प्रेमकुमारी यादवको शव पासो काटेर कोठाको पलङमा सुताएर राखेको अवस्थामा शनिबार साँझ फेला परेको हो।

मृतककी सासूले बुहारी बाँसको बलोमा सलको पासोमा झुन्डिएको अवस्थामा भेटेको भन्दै शनिबार साँझ करिब पौने ८ बजेतिर खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय महेशपुरपतारले जनाएको छ।

महेशपुरपतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक गोविन्दलाल कर्णका अनुसार प्रहरी पुग्दा पासो काटेर झुन्डिएको भनिएको शव कोठामा रहेको पलङमा सुताइएको अवस्थामा भेटिएको थियो। आइतबार बिहान साढे १० बजेतिर मुचुल्का उठाई घर र माइती पक्षको सहमतिको आधारमा शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले बताए।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिए पनि प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र सबै तथ्य खुल्ने प्रहरी निरीक्षक कर्णको भनाइ छ। मृतक केही महिनाकी गर्भवती रहेको माइती पक्षले बताएका छन्।

लक्ष्मीपुरपतारी गाउँपालिका– ३ माइती रहेकी प्रेमकुमारीको गत २६ फागुनमा देवनगरका रमेशसँग सामाजिक परम्पराअनुसार मागी विवाह भएको थियो। विवाह भएको सात महिनाको अवधिमा बेरोजगार रहेका रमेशले विभिन्न निहुँमा पटकपटक यातना दिँदै आएको दाबी गर्दै माइती पक्षले आत्महत्या नभई हत्या भएको आरोप लगाएको छ।

घटनाको खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतककी सासू–ससुरा मात्र भेटेको, तर श्रीमान् रमेश र जेठानी फेला नपरेको बताइएको छ।