Skip This
रिँगटा किन लाग्छ ? 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २९ शुक्रबार ११:३६:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार ११:३६:oo

जब दिमागमा नियमित मात्रामा रगत सञ्चालन हुन सक्दैन, त्यति वेला रिँगटा लागेको जस्तो महसुस हुन्छ । रिँगटा लाग्नुका केही कारण यस्ता छन् :

- कानमा शरीरलाई सन्तुलनमा राख्ने नसा हुन्छ । त्यसैले उक्त नसामा समस्या भएमा हामीलाई रिँगटा लाग्न सक्छ । 

- आँखाको समस्याले पनि रिँगटा लाग्न सक्छ । हाम्रो रिफ्लेक्टिभ पावर असन्तुलित भएर आवश्यकभन्दा कम वा बढी भयो भने रिँगटा लाग्न सक्छ । यदि कुनै कारणले दिमागमा रगत जम्न गयो भने पनि रिँगटा लाग्न सक्छ । 

- उच्च रक्तचाप वा कम रक्तचाप हुँदा पनि दिमागमा रगतको प्रवाहमा असर पुग्छ, जसका कारण रिँगटा लाग्ने हुन्छ । 

- मुटुको धड्कन कम हुँदा वा रगतको सर्कुलेसन नियमित नहुँदा वा मुटुले रगत पम्प गर्न नसकेमा पनि हुन्छ ।

- शरीरमा ग्लुकोजको मात्रा कम भएमा वा बढी हुँदा पनि रिँगटा लाग्न सक्छ । एक्कासि धेरै तातो ठाउँमा बस्दा वा हिँड्दा पनि रिँगटा लाग्छ । 

- त्यसैगरी, खानपानमा कमी, झाडापखाला हुँदा, बान्ता, उच्च ज्वरो, धेरै गर्मीसँगै पानी कम पिउने वा बढी काम गर्दा पनि शरीरमा पानी कम भई रिँगटा लाग्छ । 

- शरीरमा कडा खालको दुखाइ भएमा पनि रिँगटा लाग्छ ।

जटिल अवस्था 
टाउको दुखेर रिँगटा लागेमा, बारम्बार वा लामो अवधिसम्म रिँगटा लागिरहेमा, सुन्ने शक्ति र दृष्टिमा समस्या देखिएमा, हातखुट्टा कमजोर भएको महसुस भएमा, छाती दुख्ने, सास फेर्न गाह्रो हुने भएमा, टाउकोमा चोट लागेमा, छारेरोग, घाँटी कडा हुने समस्या भएमा तत्कालै चिकित्सकसँग परामर्श गर्नुपर्छ । 

रिँगटा लाग्नासाथ के गर्ने ? 
- आराम गरेर बस्ने, हलचल नगर्ने । 
- शारीरिक अवस्था चाँडो–चाँडो परिवर्तन नगर्ने ।
- बढी चम्किलो प्रकाशमा नहेर्ने । 

रोकथाम र उपचार 
शारीरिक सन्तुलनका लागि खानपानलाई सन्तुलित बनाउने । बारम्बार रिँगटा लाग्छ भने बसेर उठ्दा नजिकैको चिज समातेर उठ्ने । रिँगटा लाग्ने समस्या छ भने मेसिनरी सामग्रीको नजिक रहेर काम नगर्ने । ड्राइभिङ नगर्ने, पौडी नखेल्ने । रिँगटा लाग्ने धेरै कारण भएकाले पहिले कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।