Skip This
श्रीलंका र पाकिस्तानबीचको विजेताले भारतसँग खेल्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Thursday, 18 July, 2024
एजेन्सी कोलम्बो
२o८o भदौ २८ बिहीबार o८:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

श्रीलंका र पाकिस्तानबीचको विजेताले भारतसँग खेल्ने

Read Time : < 1 मिनेट
एजेन्सी, कोलम्बो
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार o८:३३:oo

 एसिया कप क्रिकेट प्रतियोगिताको बिहीबार श्रीलंका र पाकिस्तानबीच महत्वपूर्ण खेल हुँदै छ । कोलम्बोमा हुने खेल दुवै टोलीको नजरमा सेमिफाइनलसरह नै हो । यस खेलको विजेताले सीधै फाइनलमा भारतको सामना गर्नेछ । यसै कारण श्रीलंका र पाकिस्तान गर या मरको अवस्थामा प्रतिस्पर्धा गर्दै छन् । सुपर फोरमा दुवै टोलीले दुई खेलबाट समान दुई अंक जोडेका छन् । रनरेटमा श्रीलंका राम्रो छ । 

वर्षाका कारण खेल रोकिँदा श्रीलंका अन्तिम दुईमा पुग्नेछ । पाकिस्तान प्रतियोगिताबाट बाहिरिनेछ । भारतसँग दुई सय २८ रनको फराकिलो अन्तरले पराजित भएपछि पाकिस्तानको रनरेट कमजोर बनेको हो । भारतले मंगलबार श्रीलंकालाई ४१ रनले हराउँदै फाइनल स्थान पक्का गरेको थियो । पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराउँदै दुई अंक बटुलेको थियो । श्रीलंकाले बंगलादेशलाई २१ रनले निराश पारेको थियो । 

प्रतियोगितामा श्रीलंकाले सर्वाधिक ११ पटक फाइनल स्थान पक्का गरेको छ । भारत नौ र पाकिस्तान पाँचपटक फाइनलमा पुगेका छन् । भारतबाहेक अन्य खेलमा उत्कृष्ट प्रदर्शन गरेको पाकिस्तान पछिल्ला आठ खेलमा श्रीलंकामाथि हावी छ । पाकिस्तान श्रीलंकामाथि मानसिक दबाब राख्ने प्रयासमा हुनेछ । पाकिस्तानले भारतसँगको खेलमा दुई महत्वपूर्ण खेलाडी चोटका कारण गुमाएको थियो । 

मोहमद ह्यारिसले सम्भवतः प्रतियोगिता गुमाएका छन् । बलर नसिम साह चोटकै कारण प्रतियोगिताबाट बाहिरिएका छन् । श्रीलंकाविरुद्धको खेलमा पाकिस्तानलाई यी दुवै खेलाडीको अभाव खड्किने पक्का छ । पाकिस्तानको स्ट्राइक बलर साहिन साह अफ्रिदी फर्ममा रहँदा श्रीलंकाली ओपनर सचेत भएर खेल्नुपर्छ । 

 

ad
ad
ad
ad