मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २५ सोमबार १७:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१० सहसचिवको सरुवा, रुपन्देही र दाङसहित चार जिल्लामा नयाँ सिडिओ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २५ सोमबार १७:५६:००

गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरेको छ। सरुवामा चार जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि हेरफेर भएका छन्। 

सहसचिव गणेश अर्याललाई रुपन्देही, रामबन्धु सुवेदीलाई दाङ, शिवराम गेलाललाई महोत्तरी तथा रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको सिडिओमा खटाइएको छ। 

त्यस्तै, अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ।

सहसचिव जयनारायण आचार्यलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ। सिडिओका रूपमा कार्यरत सहसचिवहरू भरतमणि पाण्डे, दीपककुमार पहाडी र खगेन्द्रप्रसाद रिजालको गृह मन्त्रालयमा सरुवा भएको छ।