१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टिआइएमा राखिए पाँच सय नयाँ ट्रली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o५:oo

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआए)मा पुराना ब्यागेज ट्रली हटाएर नयाँ ट्रली राखिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनको अराइभल कक्षमा पाँच सय थान नयाँ ट्रली राखेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

यात्रुहरूले पुराना थोत्रा ट्रलीमा ब्यागेज राखेर गुडाउँदा दुर्घटना निम्तिएको गुनासो गरिरहेका वेलामा नयाँ सुविधायुक्त ट्रली राखिएको हो । ‘अराइभल कक्षमा पुराना ट्रलीहरू थिए, ओरालो ट्राभलेटरमा गुडाउँदा कतिको ब्रेक नलाग्ने, पांग्रा अड्किनेजस्ता समस्या आइरहेको थियो,’ उनले भने, ‘अब हामीले पुराना ट्रलीहरू हटाएर नयाँ राखेका छौँ ।’ ट्रलीको ह्यान्डलमा थिचेपछि गुड्ने र छाडेपछि रोकिने सुविधा हुन्छ । 

त्रिभुवन विमानस्थलको डिपार्चर र अराइभल कक्षमा गरी करिब १२–१३ सय ट्रली रहेका छन् । अराइभल कक्षमा आइएमएस समूहले समेत ट्रली राखेको हुँदा त्यहाँ सात सयभन्दा बढी रहेको हुन सक्ने प्रवक्ता झाले बताए । आइएमएस समूहले विमानस्थलमा ३० वर्षसम्म लिजमा सञ्चालन गर्ने गरी नयाँ अराइभल कक्ष निर्माण गरेको छ ।

ad
ad