१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार ११:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मुख गनाउने समस्याले पनि हुन सक्छ क्यान्सर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:३३:oo

मुख गनाउने समस्याले व्यक्तित्वमा नै नराम्रो प्रभाव पार्छ । जसले मुख र शरीर स्वस्थ छैन भन्ने स्वतः बुझाउँछ । मुख गनाउने समस्या भएका मानिस अलि कमजोर र मानसिक रूपमा डिपे्रसनमा हुन्छन् । आफ्नो सास आफैँलाई नगनाउने भएकाले यसबारे थाहा पाउन दन्तचिकित्सककोमा देखाइराख्नुपर्छ । यदि लामो समयदेखि मुख गनाउने समस्या छ भने त्यहाँ क्यान्सर भएको पनि हुन सक्छ । त्यसैले समयमै उपचार गर्नुपर्छ । 

मुख गनाउने कारण
- दाँत तथा मुख राम्रोसँग सफा नगर्दा । सही तरिकाले ब्रसिङ र फ्लसिङ नगर्दा । लगाएको कृत्रिम दाँत राम्रोगरी सफा नगर्दा र लामो समयसम्म एउटै ब्रस प्रयोग गर्दा पनि । 

- खाना खाएपछि कुल्ला गर्ने बानी नहुँदा तथा जिब्रो सफा नगर्दा । गुलियोको मात्रा अधिक प्रयोग गर्नाले ।

- गिजा सुन्निएर पाइरिया भएमा । पिनासको संक्रमण भएमा । धूम्रपान, मद्यपान तथा सुर्तीजन्य वस्तुको प्रयोगका कारण । दाँत किराले खाएर खाल्डो भएमा । मुखभित्र घाउ, खटिरा वा संक्रमण भएमा । टन्सिलाइटिस भयो भने । 

- एसिडिटी हुनु अथवा पेटको अम्ल मुखमा आउनु । श्वासनली र फोक्सोमा संक्रमण हुँदा । खाना नली र पेटमा घाउ हुनु । शरीरमा चिनीको मात्रा अत्यधिक बढी वा कम हुनु ।

- पानी कम पिउने कारण मुख सुक्खा हुन्छ । कफीको अत्यधिक सेवन गर्दा । 

- पेट, फोक्सो, खानानली आदिमा क्यान्सर हुनु । नाइट्रेट्स, स्लिपिङ ट्याब्लेट र भिटामिन आदि औषधि प्रयोग गर्नाले । जोग्रेन सिन्ड्रोम नामक रोग लागेमा । कलेजोले काम गरेन भने ।

- मिर्गौला फेल भयो भने कुहिएको माछाजस्तै गन्ध आउँछ । रेडियोथेरापी तथा क्यान्सरको उपचार गराउँदा पनि मुख गनाउँछ ।

रोकथाम र उपचार
- मुख गनाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाने । किनभने, ब्रस वा फ्लस गर्दा पनि जाँदैन । 

- पर्याप्त मात्रामा पानी पिउने, जसले शरीरमा पानीको मात्रा सन्तुलित राख्छ र मुख सुक्खा हुन दिँदैन । 

- जिब्रोलाई क्लिनरले नियमित सफा गर्ने । कफी र गुलियो खानेकुरा कम खाने ।

- सही तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने । कृत्रिम दाँतमा खाना अड्किने भएमा राम्रोसँग सफा गर्ने । अझ ठीक नभएमा चिकित्सककोमा जाने । एउटा ब्रस तीन महिनाभन्दा बढी प्रयोग नगर्ने । 

- खाना खाएपछि मज्जाले मुख कुल्ला गर्ने । धेरै गुलियो, चकलेट र चुइंगमको प्रयोग कम गर्ने । 

- गिजा सुन्निएमा उपचार गरेर ठीक पार्ने । पिनास र टन्सिलको उपचार गर्ने ।

- धूम्रपान अथवा सुर्तीजन्य पदार्थ सेवन नगर्ने । मुखका घाउ–खटिराको उपचार समयमै गर्ने । मुखमा क्यान्सर भएमा यसको उपचार समयमै गर्ने ।

- मुखमा अम्लको मात्रा बढी आउन नदिने  । खानपानमा ध्यान दिने र पेटको उपचार गर्ने ।

- श्वासप्रश्वास नली र फोक्सोको समस्यालाई समयमै उपचार गर्ने । मधुमेह नियन्त्रणमा राख्ने ।

- नियमित रूपमा दन्तचिकित्सकलाई देखाउने, के कारणले मुख गनाउँछ, त्यसको कारण पत्ता लगाई समयमै उपचार गर्नुपर्छ । 

ad
ad