१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा २३ हाइमास्ट र दुई हजार स्मार्ट सडकबत्ती जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:३३:oo

रातको समयमा पोखरा महानगरपालिका क्षेत्रका मुख्य चोक तथा सडकहरूलाई झिलिमिली बनाउन सुरु गरिएको ‘उज्यालो पोखरा अभियान’अन्तर्गत सडकबत्तीहरू जडान गर्ने काम सम्पन्न भएको छ।

नेपाल विद्युत् प्राधिकरण तथा पोखरा महानगरपालिकाको साझेदारीमा एक वर्षअघि १७ भदौ ०७९ मा सुरु भएको अभियानअन्तर्गत पोखराका मुख्य चोकमा हाइमास्ट लाइट र अन्य स्थानमा स्मार्ट सडकबत्तीहरू राखिएको हो।

अभियानअन्तर्गत बत्ती जडानका कामहरू सम्पन्न भएपछि आइतबार पोखरा– ४ स्थित बिपीचोकमा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घाटन गरेका थिए।

दुई संस्थाको साझेदारीमा सम्पन्न अभियानको कार्यान्वयनको जिम्मा विद्युत् प्राधिकरणअन्तर्गतको राष्ट्रिय सडकबत्ती प्रवर्द्धन आयोजनाले पाएको थियो। अभियानअन्तर्गत महानगरका विभिन्न २३ स्थानमा हाइमास्ट लाइट र दुई हजार सातवटा स्मार्ट सडकबत्ती जडान गरी पोखरालाई झलिमिली बनाइएको छ। प्राधिकरण र महानगरपालिकाको ५०–५० प्रतिशत लागत साझेदारीमा सम्पन्न अभियानका लागि १४ करोड ६५ लाख खर्च भएको छ।

अभियानअन्तर्गत २३ स्थानमा जडान गरिएको हाइमास्ट बत्तीको पोल १६ मिटर अग्लो रहेको छ भने प्रत्येक पोलमा दुई सय वाट क्षमताका आठ–आठवटा बत्ती राखिएको छ। यसैगरी दुई हजार सात स्थानमा जडान गरिएको स्मार्ट सडकबत्ती १२० र ९० वाट क्षमताका छन्।

स्मार्ट बत्तीहरू मोबाइल र ल्यापटपबाटै नियन्त्रण गर्न सकिने गरी जडान गरिएको छ। बत्ती जडानका लागि चार सय ३९ वटा नयाँ पोलहरू गाडिएको छ भने अन्य स्थानमा पुरानै बिजुलीका पोलहरू प्रयोग गरिएको छ। जडान गरिएका बत्तीहरूको उत्पादक सिग्निफाई इन्डिया प्रालिले गरेको हो भने भारतको टपसन इनर्जी प्रालिले निर्माण गरेको हो।

ad
ad