मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ १८ सोमबार
  • Friday, 14 August, 2026
२o८o भदौ १८ सोमबार १३:१४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

राप्ती गाउँपालिकामा ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १८ सोमबार १३:१४:oo

दाङको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवाको सुरुवात गरेको छ।

पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार  पालिकाको आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रमअनुसार ८० वर्षदेखिमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेसन्स सेवा प्रदान गर्न लागिएको हो। ज्येष्ठ नागरिक बिरामीलाई आवत–जावतमा समस्या हुने गरेको भन्दै त्यसलाई मध्यनजर गरी यो सेवा सुरु गरिएको अध्यक्ष विष्टको भनाइ छ।

ज्येष्ठ नागरिकसँगै क र ख वर्गका अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला, सवारी दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई पनि निःशुल्क उद्धार गर्न थालिएको छ। सिसहनियाँ स्वास्थ्य चौकीमा रहेको रा.१झ ४२ नम्बरको एम्बुलेन्सले उक्त सेवा दिनेछ। एम्बुलेन्सले गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थामा पुर्‍याउन निःशुल्क सेवा दिनेछ ।

बिरामी अन्यत्र लैजानुपरेमा भने अर्को एम्बुलेन्स प्रयोग गर्नुपर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिए। ज्येष्ठ नागरिकहरूले एम्बुलेन्स सेवा प्रयोग गर्दा अनिवार्य उमेर खुल्ने परिचयपत्र वा नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ।

हाल पालिकामा तीन सय ८९ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक छन्। यसअघि सुत्केरीलाइ मात्रै निःशुल्क सेवा प्रदान गर्ने गरिएकोमा अब ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि निःशुल्क सेवा प्रदान गर्न सुरु गरिएको हो।