१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारततर्फको निर्यात २० प्रतिशतले घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:१७:oo

 प्रमुख व्यापार साझेदार मुलुक भारतमा नेपालको निर्यात घटेको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा भारततर्फको निर्यात २०.८४ प्रतिशतले घटेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार साउन महिनामा नेपालले भारतमा आठ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ । जुन गएको आवको साउन महिनाको तुलनामा एक अर्ब ६९ करोड रुपैयाँले कमी हो । खानेतेलको निर्यातमा उच्च ह्रास आएपछि भारतर्फको निकासी घटेको केन्द्रको विश्लेषण छ । ‘भारततर्फको निकासीमा ह्रास आउनुमा भारततर्फ हुने खाद्य तेलहरू (भटमास, पाम र सूर्यमुखी तेलको चार अर्ब ९४ करोडबराबरको ह्रास आउनु नै प्रमुख कारणका रूपमा रहेको छ,’ केन्द्रले उल्लेख गरेको छ । 

नेपालको कुल निकासीमा भारतको हिस्सासमेत घटेको छ । गएको आर्थिक वर्षको साउन महिनामा कुल निकासीमा भारतको हिस्सा ७२.३५ प्रतिशत रहेको थियो । चालू आवको साउन महिनामा यस्तो हिस्सा ६२.७० प्रतिशतले झरेको छ । भारततर्फको आयात भने ३.३० प्रतिशतले बढेको छ । चालू आवको साउनमा नेपालले भारतबाट ८१ अर्ब २५ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ । गत वर्ष उक्त महिनामा ७८ अर्ब ६६ करोडको वस्तु आयात भएको थियो ।  

चीनतर्फको निर्यात बढ्यो
नेपालको निर्यात व्यापारका प्रमुख गन्तव्य मुलुकमा संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, युके, फ्रान्स, जापान, युएई, अस्ट्रेलिया, नेदरलेन्ड्स, क्यानडा, टर्की, हङकङ (चीन) र इटाली रहेका छन् । यसमध्ये जर्मनी, जापान र इटलीतर्फको निर्यात घटेको छ । अन्य ११ मुलुकतर्फको निर्यात भने बढेको छ । पहिलो महिनामा चीनतर्फको निर्यात भने ह्वात्तै बढेको देखिएको छ । केन्द्रका अनुसार साउन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा चीनतर्फको निर्यात पाँच सय २७ प्रतिशतले बढेको हो । 

यो साउनमा नेपालले चीनमा ३९ करोडको निर्यात गरेको छ । जबकि, अघिल्लो वर्षको साउनमा ६ करोडको मात्रै निर्यात गर्न सकेको थियो । साउन महिनामा नेपालले कुल १३ अर्ब ५३ करोडको वस्तु निर्यात गरेको छ । जुन गत वर्षको साउनको तुलनामा २९.७ प्रतिशतले कमी हो । गत वर्षको साउनमा नेपालले २० अर्ब ७७ करोड निर्यात गरेको थियो । 

ad
ad