१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निगमले भैरहवाबाट काठमाडौंलाई ट्रान्जिट बनाई हङकङ र दिल्ली उडान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:४३:oo

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ । भैरहवाबाट काठमाडाै‌ं ट्रान्जिट बनाएर नियमित उडान गर्ने गरी निगमले टिकट बुकिङसमेत खुला गरिसकेको छ ।

भैरहवाबाट हरेक मंगलबार साताको एक उडानबाट सुरु गरेर बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडान संख्या बढाउँदै लैजाने प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले सातामा एक दिन काठमाडौंबाट मलेसिया, भैरहवा हुँदै काठमाडौंसम्म राउन्ड ट्रिप गर्दै आएको छ । अब निगमले हङकङ र दिल्ली उडान गर्ने यात्रुलाई मलेसियाबाट भैरहवा अवतरण गरेको जहाजबाट काठमाडौं ल्याएर ट्रान्जिट गराई निगमकै अर्को उडानमा गन्तव्यतर्फ पठाउनेछ । 

उडानतालिकाअनुसार बिहान ८:१५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि काठमाडौंमा ट्रान्जिट भई हङकङ र दिल्ली जाने यात्रुहरू त्यसतर्फ उडान गर्ने निगमकै कनेक्टिङ उडानमा चढ्नेछन् । यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सीधै गन्तव्यमा लिने व्यवस्था मिलाएको निगमका प्रवक्ता पौडेलले बताए । अहिले निगमकै जहाज चढेर दिल्ली वा हङकङ जाने यात्रुहरूले भैरहवाबाट आन्तरिक उडान वा बसबाट काठमाडौं आएर अन्तर्राष्ट्रिय फ्लाइट समात्नुपर्ने बाध्यता छ ।

यात्रुले निगमको कार्यालय वा निगमको आधिकारिक वेबसाइटमा लगइन गरेर अनलाइनबाट तथा ट्राभल एजेन्सीबाट टिकट लिन सक्नेछन् । क्रमशः अन्य अन्तर्राष्ट्रिय गन्तव्यहरूमा पनि निगमले कनेक्टिङ फ्लाइट मिलाएर सेवा दिने प्रवक्ता पौडेलले बताए ।

ad
ad