दुई हजार विन्दुबाट ओर्लियो नेप्से, कारोबार रकम एक अर्ब २६ करोड मात्रै

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

हप्ताको कारोबारको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आइतबार २०.५४ अंकले घटेर १९९३.३८ विन्दुमा ओर्लिएको छ। 

आज म्युचल फन्डबाहेक सबै समूहको सेयर राताम्मे भएको छ। यसमा पनि मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी र लिबर्टी इनर्जी कम्पनीको सेयर सबैभन्दा धेरै प्रतिशतले घटेको छ।

यस दिन ३८ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा  एक अर्ब २६ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्स कम्पनीको सेयर सात करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ। आज समग्रमा बजार घटे पनि कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

सुझावित समाचार