१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

अग्रज साहित्यकार तुलसी थापाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २२:३५:oo

अग्रज साहित्यकार एवं शिक्षासेवी तुलसी थापाको शुक्रबार ७८ वर्षको उमेरमा निधन भएको छ । उच्च रक्तचाप, मिर्गौला र फोक्सोको समस्याबाट पीडित साहित्यकार थापाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा निधन भएको हो । उनलाई पछिल्लो समय निमोनिया देखिएपछि अस्पताल भर्ना गरिएको थियो । 

कथा, कविता र नाटक क्षेत्रमा कलम चलाउँदै आएका थापाका दाना कवितासंग्रह ‘एक निमेष अनन्तको (२०५८)’, ‘अमर सिंहको खोजीमा अमर सिंह नाटक (२०६१)’ र कथासंग्रह ‘फरक आकाश (२०७२)’ प्रकाशित छन् । उनको दाना कवितासंग्रह ‘एक निमेष अनन्तको’लाई कवितालेखन क्षेत्रमा फरक शैलीको कविताको रूपमा लिने गरिएको छ । 

भीम विराग संगीत, साहित्य कला प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका थापाले मकवानपुरका विभिन्न विद्यालयमा अध्यापन गरी शिक्षा क्षेत्रको उन्नयनमा समेत योगदान पुर्‍याएका छन् । साहित्यकार थापाको जन्म २००२ सालमा मकवानपुरको भैँसेमा भएको थियो ।

ad
ad