मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ८ शुक्रबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ ८ शुक्रबार ११:१३:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

लामखुट्टेको टोकाइबाट बच्न...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ ८ शुक्रबार ११:१३:oo

डेंगु, मलेरियालगायत सरुवा रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु आवश्यक छ । त्यसैले घरमा फूल रोप्ने गमलामा पानी जम्न दिनुहुँदैन । पानी जमेको ठाउँमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्नुपर्छ । ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुपर्छ । पानीलाई जम्न नदिई बग्ने बनाउनुपर्छ । यसले लामखुट्टेको प्रजननमा बाधा पुर्‍याउँछ र नियन्त्रण गर्न सजिलो हुन्छ । 

- राति सुत्दा अनिवार्य रूपमा झुल प्रयोग गर्नुपर्छ । –घरका झ्याल–ढोकामा लामखुट्टे छिर्न नसक्ने जालीको अनिवार्य प्रयोग गर्नुपर्छ । 

- लामखुट्टेको टोकाइबाट बच्न एक किसिमको लोसन पाइन्छ । सुत्ने वेलामा जिउमा लोसन लगाउने र बिहान नुहाउने गर्नुपर्छ । 

- तराई तथा अत्यधिक गर्मी हुने ठाउँमा फुल बाहुला भएको कपडा लगाउनुपर्छ । कतिपयले गर्मी भयो भनेर हाफ बाहुला भएको कपडा लगाउने गर्छन् । तर, लामखुट्टेको टोकाइबाट बच्न अनिवार्य फुल बाहुला लगाएर हिँड्ने गर्नुपर्छ । प्रदूषित ठाउँमा तथा झाडीमा जाँदा पनि यस्तो कपडा लगाउनु आवश्यक हुन्छ । 

- लामखुट्टे मार्न टोल–टोलमा विषादी छकर्ने गर्न सकिन्छ । तर, यस्तो विषादी पानीको मुहानमा पर्ने गरी छर्कनुहुँदैन ।