१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

इस्लिङटन र हेराल्ड कलेजमा ‘फ्युचरामा २०२३’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:२३:oo

काठमाडौंका इस्लिङटन र हेराल्ड कलेजमा ‘फ्युचरामा २०२३’ नामक दुईदिने प्राविधिक कार्यक्रम आयोजना भएको छ । कलेजले भदौ ३ र ४ मा आइएनजी स्किल एकेडेमीसँगको सहकार्यमा कार्यक्रम गरेको हो । 

कार्यक्रममा नवप्रवर्तनले सशक्तीकरणलाई पूरा गर्ने र अर्को पुस्तालाई प्रेरित गर्न डिजाइन गरिएको दूरदर्शी खेल मैदानका रुपमा रहेको कलेजको दाबी छ । फ्युचरामा सूचना प्रविधि क्षेत्रमा भविष्यका सम्भावित उद्यमीका लागि प्रतिस्पर्धात्मक वातावरण बनाउन आइएनजी स्किल एकेडेमीले विभिन्न पृष्ठभूमिका विद्यार्थीका लागि विशेष प्राविधिक कार्यक्रम आयोजना गरेको कलेजको भनाइ छ । कार्यक्रममा सहभागीले आइटी र दिगो व्यवसायका अत्याधुनिक क्षेत्र अन्वेषण गरेको जनाइएको छ । 

कार्यक्रममा विद्यार्थीले दिगो व्यापार र सूचना प्रविधिमा सबैभन्दा नयाँ घटनाक्रम अन्वेषण गर्ने मौका पाएको उल्लेख छ । कार्यक्रममा विद्यार्थी र युवा पेसेबरहरूले सिर्जना गरेका अत्याधुनिक आइटी परियोजनाका बारेमा अन्तक्र्रिया भएको जनाइएको छ । त्यस्तै, इन्टरनेट अफ थिंग्स, मल्टिमिडिया, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षाजस्ता विभिन्न विषयका बारेमा पनि विद्यार्थीले ज्ञान लिएको उल्लेख छ ।

उनीहरूले कसरी यी प्रविधिहरू व्यापार, आतिथ्य र पर्यटनसहित अन्य क्षेत्रमा प्रयोग हुन्छ भन्ने पनि सिक्ने अवसर पाएको कलेजले जनाएको छ । कार्यक्रम इटहरी, विराटनगर, पोखरा, नेपालगन्जलगायतका ठूला सहरमा पनि हुने जनाइएको छ । काठमाडौंमा यो कार्यक्रम इस्लिङटन कलेज र हेराल्ड कलेजमा भएको जनाइएको छ । 

ad
ad