१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्याम्पु र कन्डिसनरको छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o५:oo

कपाल सफा गर्न बनाइएको तरल पदार्थ स्याम्पुमा कपाललाई आवश्यक पोषक तत्व मिसाइएको हुन्छ । साबनुभन्दा स्याम्पु राम्रो हुनुको कारण हो, यसमा कपालको किसिम र आवश्यकताअनुसार विभिन्न पोषण मिसाइएको हुन्छ । हामीले कपालको स्थिति हेरेर स्याम्पु प्रयोग गर्नुपर्छ । जस्तै, कपालमा कलर गरेको छ भने कलर स्याम्पु, कन्डिसनर हेयर मास्क या ट्रिटमेन्ट प्रयोग गर्नुपर्छ ।

यसैगरी, कपाल स्ट्रेट गरेको छ भने स्याम्पु–कन्डिसनर प्रयोग गर्नुपर्छ । केराटिनका लागि केराटिनमै स्याम्पु–कन्डिसनर प्रयोग गर्नुपर्छ । कपाल ड्राई या फ्रिजी या चाया परेको छ भने त्यसैअनुसार स्याम्पु र कन्डिसनर प्रयोग गर्नुपर्छ । स्याम्पु प्रयोग गर्दा जहिल्यै पनि सल्फर फ्री लेबल कम भएको स्याम्पु प्रयोग गर्नुपर्छ । विज्ञको सल्लाहअनुसार राम्रा स्याम्पु छनोट गरेर प्रयोग गर्नु राम्रो हुन्छ । 

कन्डिसनरको काम : कपाल खस्रो र सुक्खा हुन नदिने काम कन्डिसनरले गर्छ । खस्रो कपाललाई चिल्लो र नरम पार्छ । कपालमा स्याम्पु गरिसकेपछि कन्डिसनरको प्रयोग गरिन्छ । कन्डिसनर कपालमा पोलिस लगाएजस्तो हो । हाँगा आउने, टुक्रिने समस्या रोक्नका लागि यसको महत्वपूर्ण भूमिका हुन्छ ।

कन्डिसनरमा विभिन्न केमिकल प्रयोग हुने भएकाले कपालको जराभन्दा केही माथिबाट मात्रै यसलाई लगाउनुपर्छ । लगाइसकेपछि निख्रिने गरी मज्जाले पखाल्नुपर्छ । यसो नगरे नकारात्मक असर गर्छ । 

ad
ad