१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ३ आइतबार
  • Tuesday, 17 September, 2024
२o८o भदौ ३ आइतबार o६:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पत्रकार पन्थीको ‘लेफ्ट–राइट’ पुस्तकमाथि पाठक परिचर्चा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३ आइतबार o६:५३:oo

पत्रकार नेत्र पन्थीको नयाँ पुस्तक ‘लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति’ पुस्तकमाथि पाठक परिचर्चा गरिएको छ । केही साताअघि बजारमा आएको पुस्तकमाथि शनिबार बुटवलमा आयोजित कार्यक्रममा विभिन्न लेखक तथा साहित्यकारले चर्चा गरे । पुस्तकले नेपालको राजनीतिमा सत्ताका लागि भएका खेलहरूको अनेक अन्तरकथा तथ्यगत रूपमा समेटेको भन्दै पुस्तकका विभिन्न पक्षमाथि विचार–विमर्श गरेका थिए ।

लेखक डिआर घिमिरेले पुस्तकको केन्द्र भागमा पुष्पकमल दाहाल प्रचण्डलाई राखेर सत्ता र शक्तिका लागि भएका खेल गहन र तथ्यगत रूपमा पुस्तकमा समेटिएको बताए । साहित्यकारहरू रामचन्द्र श्रेष्ठ, शंकर गाह, मनिकर कार्की, माधवकुमार पौडेल, टोप अस्लामी, विमल गिरीलगायतले पुस्तकमा समेटिएका विभिन्न पक्षमाथि धारणा राखेका थिए ।

उनीहरूले मुख्य दलका शीर्ष नेताहरू सत्ता र शक्ति प्राप्तिका लागि राजनीतिक मूल्य–मान्यता, इमानदारिताभन्दा बाहिर कसरी चलखेल गर्दै कस्ता–कस्ता कदम चाल्छन् भन्ने विषयवस्तु समेटिएको एउटा महत्वपूर्ण दस्तावेजका रूपमा पुस्तक रहेको बताए ।

पुस्तक राजनीतिमा रुचि राख्नेका लागि उपयोगी दस्तावेजका रूपमा रहेको भन्दै राजनीतिमा हुने खेल पुस्तकमा पढ्न पाइने उनीहरूले बताए । पुस्तकका लेखक तथा पत्रकार नेत्र पन्थीले संविधान जारीपछि नेताहरू जनताको चाहनाअनुरूप देश विकासमा केन्द्रित हुन्छन् भन्ने जनअपेक्षा भए पनि सोअनुरूप नभएको तथ्य पुस्तकमा समेटिएको बताए ।