
भारतको पूर्वी राज्य बिहारमा शुक्रबार पत्रकार विमलकुमार यादवको गोली हानी हत्या भएको छ । बिहार राज्यको राजधानी पटनाबाट करिब तीन सय १५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगन्ज बजार क्षेत्रमा रहेको आफ्नै घरमा रहेका वेला पत्रकार यादवको हत्या भएको हो ।
दैनिक जागरणमा कार्यरत ३५ वर्षीय यादव घरभित्र रहेको समयमा उनलाई हतियारधारी अज्ञात समूहले गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान अज्ञात बन्दुकधारीले ढाेका ढकढक्याएर बोलाएपछि ढोका खोल्नेबित्तिकै छातीमा गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । वरिष्ठ प्रहरी अधिकारी जेएस गंगवारले यादवको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे ।
यसैबीच, बिहारका मुख्यमन्त्री नीतीश कुमारले घटनालाई दुःखद भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।