१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३२ बिहीबार
  • Friday, 09 May, 2025
मनीष खड्का रुकुम पश्चिम
२o८o श्रावण ३२ बिहीबार १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छातीमा गोली लागेको अवस्थामा पुरुषको शव फेला 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o श्रावण ३२ बिहीबार १७:o६:oo

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ४६, ४७ वर्षीय आसे बोहरा घरदेखि सात सय मिटर जति टाढा झोडेनी भन्ने स्थानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले बिहीबार बिहान शव भेटिएको जानकारी स्थानीयबाट आएपछि गोतामकोट प्रहरी चौकीबाट खटिएको टोलीले बोहराको शव फेला पारेको हो। 

गलेको अवस्थामा शव फेला परेको डिएसपी भट्टराईले जानकारी दिए। बोहरा ९ दिनदेखि बेपत्ता रहेको स्थानीयले बताए।घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा ६ जना र जिल्ला प्रहरी कार्यालयबाट दुईजनाको टोली घटनास्थलमा खटिएको डिएसपी भट्टराईले बताए।

बोहराको गोली लागेर मृत्यु भएको उनको भनाइ छ। बोहराको छातीमा गोली लागेको देखिएको उनले बताए। ‘छातीमा गोली लागेको देखिएको छ, घटनाका बारेमा थप अनुसन्धान चलिरहेको छ, अहिले नै धेरै भन्न सकिने अवस्था छैन,’ उनले भने। 

सिकार खेल्न गएका वेला बोहरालाई आफ्नै बन्दुकबाट गोली लागेको हो वा अरू कसैले गोली हानेको हो भन्ने बारेमा अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ।

छातीमै गोली लागेको हुनाले आफैँले छातीमा गोली हान्न सम्भव नभएकोले हत्या भएको हुन सक्ने पनि स्थानीयले आशंका गरेका छन्। शवसँगै भरुवा बन्दुक पनि भेटिएको प्रहरीले जनाएको छ। एकजना स्थानीयसँगको विवादमा छलफल भएको दिनदेखि बोहरा बेपत्ता रहेको स्थानीयको भनाइ छ।