१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक लाख नगद र तीन लाखको चेकसहित एमआइएस अपरेटर र लेखापाल रंगेहात पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१३:oo

एक लाख रुपैयाँ नगद र तीन लाखको चेकसहित सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत एमआइएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) अपरेटर र लेखापाल रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले एमआइएस अपरेटर वीरेन्द्रकुमार यादवलाई एक लाख नगद र लेखापाल टेकनारायण यादवलाई तीन लाख रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो । 

सोलार बत्ती जडानलगायतको योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग नगद र चेकमा घुस लिइसकेको अवस्थामा अख्तियार टोलीले उनीहरूलाई राजविराज नगरपालिका– ३ बाट पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

ad
ad