Skip This
मेकअप गर्दा मोस्चराइजरको प्रयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २९ सोमबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण २९ सोमबार ११:२९:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मेकअप गर्दा मोस्चराइजरको प्रयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २९ सोमबार ११:२९:oo
  • अहिलेको मौसममा मेकअपअघि मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।
  • छालामा मोस्चराइजर प्रयोग गरेपछि केही समय खुला छोडिदिनुपर्छ । यसले छाला नरम बनाउन मद्दत गर्छ । त्यस्तै, घाममा हिँड्दा सनस्क्रिन पनि लगाउन सकिन्छ ।
  • मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ । प्राइमरको प्रयोग गर्दा हलुका हुने भएकाले प्राइमर लगाएको महसुससम्म हुँदैन । 
  • मनसुनमा लिक्विड फाउन्डेसन उपयुक्त हुँदैन । तैलीय छालामा यो थोरै समय मात्रै टिक्ने भएकाले फाउन्डेसनको कवचको रूपमा क्रिम प्रयोग गर्न सकिन्छ । जसले गर्दा फाउन्डेसन लामो समयसम्म टिक्ने र चिटिक्क देखिने हुन्छ । यद्यपि, काममा हिँड्ने हो भने फाउन्डेसनको प्रयोग नगरी हलुका मेकअप गर्दा राम्रो हुन्छ । 
  • मनसुनमा गाजल, आइस्याडो, मस्कारा र लिपस्टिक आदि वाटरपु्रफ र म्याट मात्र प्रयोग गर्नुपर्छ । यो वेला सकेसम्म हलुका मेकअप गर्न आवश्यक हुन्छ । 
  • आँखामा आइलाइनर प्रयोग गर्न सकिन्छ । त्यस्तै, हलुका गुलाबी र सुन्तला रङको चमकरहित आइस्याडो लगाउँदा राम्रो देखिन्छ । विशेषगरी, साँझ र रातको पार्टीमा चमक भएको आइस्याडो लगाउन सकिन्छ । 
  • दिउँसो बाहिर हिँड्दा सकेसम्म गाढा मेकअप नगर्नु नै बेस हुन्छ । यो छालाको स्वास्थ्यका दृष्टिकोणले समेत नराम्रो हो ।