१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पोखरामा सुजुकीको जिम्नी र फ्रोन्क्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३७:oo

सुजुकी कम्पनीले हालै बजारमा ल्याएको दुई नयाँ एसयुभी ‘जिम्नी’ र ‘फ्रोन्क्स’ पोखरामा सार्वजनिक गरेसँगै बिक्रीका लागि खुला गरिएको छ । सुजुकी गाडीको गण्डकी र धौलागिरिको आधिकारिक विक्रेता बतास ब्रदर्स प्रालिले दुई गाडी बिक्रीका लागि पोखरा भित्र्याएको हो ।  सार्वजनिक गरिएको गाडीको कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सिइओ) राजेश रानाभाटले सार्वजनिक गरेसँगै विक्रीका लागि खुला गरेका हुन् । जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार र फ्रोन्क्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

सुजुकी चारपांग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक सिजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोक्रप तथा सिजी नेक्स्डजेनले सार्वजनिक भएका दुई गाडी बिक्रीका लागि नेपाल भित्र्याएको हो । निकै प्रतिस्पर्धी मानिएका यी दुई सवारीले सुजुकीको एसयुभी सेगमेन्टको उपस्थितिलाई अझै मजबुत बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ । कलात्मक रूवमा नयाँ पिँढीका ग्राहकको रोजाइअनुसार नयाँ युगको प्रविधि प्रयोग गरी दुई गाडी तयार भएको सिइओ रानाभाटले जानकारी दिए । 

 यस्तो छ जिम्नी  
सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी हो । जुन जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्माण गरिएको गाडीमा पर्याप्त बडी एंगल र ग्राउन्ड क्लियरेन्स रहेको छ । अफ–रोड बाटोका लागि उपयुक्त हुने डिजाइनमा निर्माण गरिएको गाडीमा २२.६८ सेमी स्मार्ट प्ले प्रो इन्फोटेन्मेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोललगायतका अन्य विभिन्न आधुनिक आरामदायी र सुरक्षित सुविधा रहेका छन् ।

 यस्तो छ फ्रोन्क्स 
‘द फेस अफ न्यु एसयुभी’ भनिएको गाडी प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधा रहेको छ । आधुनिक नेपाली ग्राहकका लागि सम्पूर्ण माग आपूर्ति गर्ने गरी नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित निकै आकर्षक र स्पोर्टी देखिन्ने गाडीमा अत्याधुनिक प्रविधिसँगै आरामदायी र सुरक्षित अनुभूति प्रदान गर्ने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ । 

ad
ad