१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Friday, 13 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण २४ बुधबार ११:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऊर्जा क्षेत्रको विकासका लागि परिसंघ र इप्पान मिलेर अगाडि बढ्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार ११:o९:oo

नेपाल उद्योग परिसंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रको विकासका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । परिसंघले इप्पानका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गर्न आयोजना गरेको कार्यक्रममा दुवै संगठनले मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

यसअघि परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीसहित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई स्वागत गरेका थिए । परिसंघका अध्यक्ष अग्रवालले ऊर्जा क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने दिगो माध्यम रहेको बताए । ऊर्जा क्षेत्रको समग्र विकास, नीतिगत सुधारका लागि सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘नेपाल उद्योग परिसंघले ऊर्जा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै परिसंघमा ऊर्जा परिषद् गठन गरी यस क्षेत्रमा कार्य गर्दै आएको छ ।’ पिपिए खुला गरिनुपर्ने तथा नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गरिनुपर्ने उनको धारणा थियो ।  

इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि ऊर्जा संकटकाल घोषणा गर्न सरकारलाई सुझाव दिएको बताए । ऊर्जा क्षेत्रको सन्दर्भमा निजी क्षेत्रको सुझावमा एकरूपता हुनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्रलाई आन्तरिक एवं बाह्य क्षेत्रमा विद्युत् व्यापार गर्न दिनुपर्ने, विद्युत् निर्यातका लागि सीमा क्षेत्रसम्म प्रसारण लाइन निर्माण हुनुपर्ने, उद्योगीहरूले आवश्यक बिजुली पाउनुपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएको उनले बताए ।  कार्यक्रममा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघ महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।