काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले २०८३ साल असोज ८ गते आइतबारका दिन देशका विभिन्न शाखा कार्यालय खुला राख्ने भएको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा रहेका शाखा कार्यालय खुला रहनेछन्।
कोशी प्रदेशअन्तर्गत इटहरी, बितामोड र ट्राफिक चोक विराटनगर शाखा खुला रहनेछन्। मधेश प्रदेशमा बाइपास रोड वीरगञ्ज, मिर्चैया र जनकपुर शाखा सञ्चालनमा रहनेछन्।
त्यस्तै, बागमती प्रदेशमा न्युरोड, नारायणगढ, गोंगबु, चाबहिल, कलंकी, सूर्यविनायक, जावलाखेल, कुपण्डोल, नयाँसाल, ठमेल, बनेपा, कमलादी, धापासी, हेटौंडा र भरतपुर शाखा खुला रहने बैंकले जनाएको छ।
गण्डकी प्रदेशमा बागलुङ र पोखरा न्युरोड, लुम्बिनी प्रदेशमा भैरहवा, घोराही, नेपालगञ्ज र बुटवल मेन शाखा खुला रहनेछन्। कर्णाली प्रदेशमा जुम्ला रोड सुर्खेत शाखा तथा सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा, चौराहा धनगढी, टिकापुर र महेन्द्रनगर शाखा सञ्चालनमा रहनेछन्।
बैंकका अनुसार खुला रहने शाखाहरू बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछन्। बैंकले थप जानकारी तथा सहयोगका लागि ग्राहकलाई ग्लोबल कनेक्ट सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ। ग्राहकले +९७७-१-५९७०६०० मा फोन गरेर वा [email protected] मा इमेल पठाएर जानकारी लिन सक्नेछन्। बैंकले ग्राहक सेवाका लागि चौबीसै घण्टा सेवा उपलब्ध रहेको जनाएको छ।