१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

यौनजन्य हिंसापीडितले ओसिएमसीबाटै सेवा लिन सक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:o३:oo

यौनजन्य हिंसापीडितले एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट सेवा लिन सक्ने भएका छन् । हिंसाजन्य घटनामा परेकाहरूको उपचार, प्रशासनिक कारबाही प्रक्रिया, कानुनी सहायताजस्ता सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने गरी काठमाडौंका पाँच अस्पतालमा ओसिएमसी सेवा उपलब्ध छन् ।

कान्ति बाल अस्पताल, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यस्ता केन्द्र सञ्चालनमा छन् । काठमाडौंका पाँचवटा ओसिएमसी र अस्पतालका प्रतिनिधिबीच सोमबार भएको संयुक्त बैठकमा काठमाडौं महानगरकी मेयर सुनीता डंगोलले ओसिएमसीबाट निःशुल्क रूपमा उपचार, कानुनी र प्रशासनिक सहयोग पाइने भन्दै यसबारे सबैलाई सूचित गर्नुपर्ने बताइन् । ‘केन्द्रले व्यक्तिको गोपनीयतालाई ध्यान दिन्छ । पीडितको उपचार, कानुनी तथा प्रशासनिक विधि र प्रक्रियाका बारेमा सूचना दिन्छ, मनोसामाजिक परामर्श गराइन्छ भन्नेबारे सबैलाई जानकारी गराउनुपर्छ,’ उनले भनिन्, ‘हाम्रो चाहना घटना नै नहोस् भन्ने हो । त्यसका लागि सचेतना कार्यक्रमलाई व्यापक बनाउनुपर्छ । वडा महिला सञ्जाल र ओसिएमसीलाई अन्तरसम्बन्धित बनाएर एकीकृत कार्यक्रम थालनी गरौँ ।’

उनका अनुसार अहिले हिंसामा परेका व्यक्तिमध्ये थोरै संख्यामा मात्रै सीधै ओसिएमसीमा आउँछन् । धेरैजसो पहिला प्रहरीकोमा पुग्छन् । त्यसपछि मात्रै प्रहरीले ओसिएमसीमा पठाउँछन् । हुनुपर्नेचाहिँ प्रभावित व्यक्ति पहिला एकद्वार संकट व्यवस्थापन केन्द्रमा जानुपर्ने हो । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले संघीय सरकारले जारी गरेको निर्देशिकाले यस्ता घटना व्यवस्थापनमा स्थानीय सरकारलाई भूमिका नदिएको बताए । तर, यो स्थानीय सरकारको दायित्वभित्रको काम हो ।

के हो ओसिएमसी ?
हिंसाजन्य घटनामा परेर उपचार, प्रशासनिक कारबाही प्रक्रिया, कानुनी सहायताजस्ता सहयोग, अस्पतालको एकै ठाउँ उपलब्ध गराउने सेवा ओसिएमसी हो । अस्पतालमा आधारित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन निर्देशिका ०७७ बमोजिम काठमाडौंका पाँच अस्पतालमा भएको छ । केन्द्रहरूमा मानसिक, शारीरिक, यौनजन्य हिंसा, बलात्कारलगायत आर्थिक, सामाजिक कारणबाट सिर्जित समस्याबाट पीडित एवं प्रभावित महिला, बालबालिका र पुरुषहरू आउने गर्छन् ।

ad
ad