१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चिसो कपालमा तेल लगाउनु घातक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२३:oo

कतिपय मानिस नुहाइसकेपछि चिसो कपालमै तेल लगाएर बाहिर निस्कने गर्छन् । तर, चिसो कपालमा तेल लगाउँदा नकारात्मक असर पर्छ । नुहाएर वा बाहिर आकाशको पानीले भिजेको कपालमा तेल लगाउनुहुँदैन । चिसो कपालमा तेल लगाउँदा चाया फैलिन सक्छ । त्यसैले राम्रोसँग कपाल सुकेपछि मात्रै तेल लगाउँदा राम्रो हुन्छ । सुक्खा कपालमा तोरी, नरिवलको तेल लगाउँदा राम्रो हुन्छ । 

नुहाएपछि कपाल चाँडो सुकाउन टावेलले कपाल झड्कार्ने धेरैको बानी हुन्छ । प्रायः लामो कपाल भएकाले यस्तो गर्छन् । यो राम्रो बानी होइन । भिजेको कपाल जरादेखि नै नरम हुन्छ । स्याम्पु वा कन्डिसनर प्रयोग गरेको कपाल झन् नरम हुन्छ । त्यसैले गर्दा नुहाएको चिसो कपाललाई टावेलले झड्कार्दा कपाल टुक्रिन सक्छ । कपाल झर्ने समस्या पनि निम्तिन्छ । 

कपालमा जथाभावी स्याम्पु प्रयोग गर्नुहुँदैन । आफ्नो कपालको प्रकृति हेरेर स्याम्पु किन्नुपर्छ । बजारमा सुक्खा कपाल, कलर गरेको कपाल, केराटिन गरेको कपालका लागि बेग्लाबेग्लै स्याम्पु पाइन्छन् । 

सुक्खा कपाल भएकाले नुहाउनुभन्दा ४५ मिनेटअघि तेल लगाएर मसाज गर्नु राम्रो हुन्छ । सुक्खा कपाल भएकाले तेल लगाएर ४५ मिनेटपछि नुहाउनु राम्रो हुन्छ । नुहाउनुअघि तोरीको तेल वा ओलिभ तेल प्रयोग गर्न सकिन्छ । कपाल नुहाएपछि कन्डिसनर, हेयर ट्रिटमेन्ट र हेयर स्पाको प्रयोग अनिवार्य गर्नुपर्छ । 

ad
ad