१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १४:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतकाे गौरीकुण्डमा भीषण बाढीपहिराे, तीनको मृत्यु, १९ बेपत्तामध्ये अधिकांश नेपाली रहेको आशंका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:२o:oo

उत्तराखण्डको केदारनाथ मार्ग गौरीकुण्डमा अविरल वर्षासँगै आएको भीषण पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। पहिराेमा १९ जना बेपत्ता छन्। बेपत्तामध्ये अधिकांश नेपाली रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

जागरणमा प्रकाशित समाचारअनुसार पहिरोमा दुई पसल र एउटा ढाबाकाे छाप्राे पुरिएकाे छ। विपत् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारसहितको रेस्क्यु टोली घटनास्थल पुगेकाे छ। उद्धार टोलीले मन्दाकिनी नदी किनारबाट तीनजनाको शव निकालेको छ।

पहिरोमा परेर बेपत्ता भएका १९ जनाकाे खाेजीकार्य जारी रहेकाे अधिकृत नन्दनसिंहले जानकारी दिए। जिल्ला विपत् व्यवस्थापन अधिकृत नन्दनसिंहका अनुसार घटनास्थलनजिक नेपालीकाे ढाबा थियाे। उनीहरू कर्णाली प्रदेश निवासी रहेको समाचारमा जनाइएको छ। उनीहरूकाे पहिचान भने खुल्न सकेकाे छैन। 

ad
ad