१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १५:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जैमिनीका वडातहमा मेलमिलाप केन्द्र स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:२९:oo

जिल्लाको जैमिनी नगरपालिकाले वडातहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेको छ।

स्थानीय स्तरमा हुने विवाद निरुपणका निम्ति वडातहमै पर्याप्त छलफल र संवादमार्फत मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको हो।

गाउँ समाजमा हुने स–साना झगडा, विवादलगायत घटना पालिकासम्म नल्याईकन मेलमिलापकर्ताको माध्ययमबाट सोही ठाउँबाटै समाधान गर्न केन्द्र स्थापना गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक हरिहर शर्मा बताए।  

स्थानीय सरकार सञ्चालन ऐनको प्रावधानअनुसार वडातहमा मेलमिलाप केन्द्र स्थापना गर्नुपर्ने प्रावधानअनुरूप केन्द्रको स्थापना गरिएको शर्माले बताए। प्रत्येक वडामा रहेका मेलमिलापकर्तामार्फत केन्द्रमै छलफल गरी  मिलापत्र गर्नुका साथै विवादलाई सुल्झाइनेछ।  

जैमिनी नगरपालिकाका १० वटै वडामामा एकैसाथ मेलमिलाप केन्द्रको स्थापना गरिएको छ। नगरभित्र मेलमिलापसम्बन्धी कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरूपता कायम गरी न्यायमा समुदायको सहज पहँच अभिवृद्धि गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको शर्माको भनाइ छ। 

‘समुदायमा हुने विवादलाई न्यायिक समितिबाट सञ्चालित मेलमिलाप केन्द्रमा नै समाधान खोजिनेछ। हरेक वडामा मेलमिलापकर्ता छन्,’ शर्माले भने, ‘मेलमिलापकर्ताले सहजीकरण गरी दुवै पक्षहरूको सुमधुर सम्बन्ध स्थापित गर्न छन्। आमनागरिकलाई न्यायको पहुँचमा ल्याउनका निम्ति र न्यायिक समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न मेलमिलाप केन्द्र थप सहयोगी निकाय हुनेछ।’

नगरपालिकाभित्र कुल ४२ जना तालिमप्राप्त मेलमिलापकर्ता भए तापनि हाल ३१ जना मेलमिलापकर्ताले नवीकरण गरेर सूचीकृत भएको न्यायिक समितिले जनाएको छ। जिल्लाको बागलुङ नगरपालिकाले पनि सबै वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ।

ad
ad