
मेडिकल शिक्षा र नेपालको स्वास्थ्य प्रणाली सुधारको माग राख्दै आइरहेका डा. गोविन्द केसीले थप मागसहित २९ साउनदेखि पुनः सत्याग्रहमा बस्ने घोषणा गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै उनले यसअघि सरकारसँग भएका मागहरूको अक्षरशः पालना नभएको भन्दै पुनः सत्याग्रह बस्ने बताएका हुन् । केसीले पुराना सहमति कार्यान्वयन गर्न सरकारलाई १४ दिनको समयसीमा तोकेका छन् ।
केसीले सबै प्रदेशमा मेडिकल कलेज पुर्याउनुपर्ने, शुल्क बढाउने सिटिइभिटीको निर्णय खारेजी गर्नुपर्ने, चिकित्सा शिक्षालाई नाफारहित बनाउनुपर्नेलगायतका माग राखेका छन् । यसअघि सरकार र केसीबीच ०७९ असोजमा सहमति भएको थियो । तर, आफ्ना माग सरकारले पूरा नगरेको केसीको भनाइ छ ।