Skip This
शरीरलाई तन्दुरुस्त राख्न बिहानीको योग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १६ बुधबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

शरीरलाई तन्दुरुस्त राख्न बिहानीको योग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १o:२४:oo

बिहानको समयमा योग गर्दा फ्रेस महसुस हुने मात्रै होइन, शरीरको ऊर्जा पनि बढ्छ । तर, कुनै पनि योगासन थाल्दा विज्ञसँग परामर्श गर्नु राम्रो हुन्छ । शरीरलाई तन्दुरुस्त राख्न बिहानको समय यी योगासन गर्न सकिन्छ :  

भुजंगासन : भुजंगासनले शरीर लचिलो बनाउँछ र ढाडलाई बलियो बनाउँछ । पेटको बोसो घटाउन पनि यो निकै प्रभावकारी छ ।

ताडासन : यो आसनले घुँडालाई मजबुत बनाउँछ । शारीरिक र मानसिक सन्तुलन विकास गर्छ । करङलाई स्वस्थ राख्छ । 

त्रिकोणासन : यसले एसिडिटीबाट छुटकारा दिलाउँछ । पाचन प्रक्रियालाई दुरुस्त राख्छ । चिन्ता, तनाव, कम्मर तथा पिठ्युँमा हुने दुखाइ कम गर्छ । गर्दन, पिठ्यँु, कम्मर र खुट्टाका नसा मजबुत बनाउँछ । 

बालासन : केही कठिन आसनहरूको अभ्यासपछि बालासन गरेर शरीरलाई आराम प्रदान गर्न सकिन्छ । डिप्रेसन, माइग्रेनलगायत समस्या कम गर्न यसले निकै ठूलो भूमिका खेल्छ । रक्तसञ्चार ठीक गर्छ । पिठ्युँ र कम्मरको दुखाइ कम गर्छ ।

सूर्य नमस्कार : शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि सूर्य नमस्कारको अभ्यास निकै राम्रो हुने विज्ञहरूको सुझाव छ । यसभित्र विभिन्न किसिमका योगासन हुन्छन् । बिहान सूर्यको किरणको स्पर्शमा सूर्य नमस्कार गर्नाले शरीरमा ऊर्जा र भिटामिन डी मिल्छ, जसको कारणले मानसिक तनावसमेत कम हुन सघाउँछ । त्यस्तै, तौल सन्तुलित हुन्छ । सूर्य नमस्कारबाहेक पनि अरू केही योगासनको अभ्यासले प्रभातलाई शुभ बनाउन सकिन्छ ।

ad
ad
ad
ad