१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : द प्रिन्ट
रासस काबुल
२o८१ बैशाख २० बिहीबार १४:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अफगानिस्तानमा आइएसको उपस्थिति नरहेको दाबी

Read Time : < 1 मिनेट
रासस, काबुल
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५९:oo

अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आइएस) संगठनको उपस्थिति नरहेको दाबी गर्दै त्यस सम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएकाे बताएको छ। साथै उसले ती विवरणको खण्डन पनि गरेको छ ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सले कसैलाई अफगानिस्तानको राष्ट्रिय सुरक्षामा खलल पार्ने वा आफ्नो भूमि अरूका विरुद्धमा प्रयोग गर्न नदिने कार्यवाहक सरकारका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले स्पष्ट गरेका छन् ।

इरानका एक वरिष्ठ कूटनीतिज्ञले आतंकवादी समूह आइएसका कार्यकर्तालाई सिरिया, लिबिया र इराकबाट अफगानिस्तानमा सारिएको दाबी गरेपछि प्रवक्ता काहारको उक्त स्पष्टीकरण आएको हो । ‘हामी इरानी विदेशमन्त्रीले इराक, सिरिया र लिबियाबाट आइएसका नेतालाई अफगानिस्तानमा सारिएको दाबी गर्ने आरोपलाई अस्वीकार गर्दछौँ,’ बल्खीले ट्विट गरेका छन् । 

यसअघि अफगान सुरक्षा बलहरूले आइएससँग सम्बद्ध दर्जनौँ कार्यकर्तालाई मारेको र गिरफ्तार गरेका थिए ।  चरमपन्थी सशस्त्र समूहले राजधानी काबुलमा मस्जिद, होटेल र विदेश मन्त्रालयका कर्मचारीलगायत धेरैजनामाथि भएका घातक हमलाको जिम्मेवारी लिएको थियो ।

ad
ad