१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सेनाबारेको बहस ‘रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण’ : राप्रपा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:१६:oo

राप्रपाले नेपाली सेनाको बारेमा भइरहेको बहस रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण भन्दै आपत्ति जनाएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज एक विज्ञप्ति जारी गर्दै बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट योजनाबद्ध ढंगबाट अनुचित प्रचार भएको भन्दै आपत्ति जनाएका हुन्। 

सेनाको संख्या घटाउनुपर्ने र सेनाविहीन राज्यको परिकल्पनाजस्ता विषय शृंखलाबद्ध रूपमा उठाउनु रहस्यमय, अुनचित र दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ। 

‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम् कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिनुहुँदैन,’ विज्ञप्तिमा भनिएको छ। 

राप्रपाले सेनाको संख्या कटौतीको बहसलाई बेमौसमी संज्ञा दिएको छ। कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने उसको भनाइ छ। 

सेनाको संख्या कटौतीको बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रूपमा नेपाली सेनालाई अक्षुण्ण राख्न राप्रपाले आह्वान गरेको छ।

 

ad
ad