१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मनाङमा जडीबुटीबाट २७ लाख राजस्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:२१:oo

 हिमाली जिल्ला मनाङमा यार्सागुम्बालगायत जंगली जडीबुटी संकलनबाट करिब २७ लाख राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७९/८० मा जंगली जडीबुटी संकलनबाट २६ लाख ४४ हजार दुई सय २९ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वनलसुन, टिम्बुर, निगालो, यार्सागुम्बाजस्ता जंगली जडीबुटी संकलन र काठ बिक्रीबाट उक्त राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले बताए ।

उनका अनुसार यार्सागुम्बा संकलनबाट २५ लाख ४८ हजार दुई सय, जिम्बु संकलनबाट ११ हजार ९१, वनलसुनबाट ४६ हजार नौ सय ९६, निगालोबाट तीन हजार तीन सय ५०, र टिम्बरबाट नौ हजार ६ सय ५२ रुपैयाँ राजस्व संकलन भएको छ।

गौतमले भने, ‘आर्थिक वर्ष ०७९/८० मा यार्सागुम्बा ८२.२ किलोग्राम, जिम्बु १,१०९.१ किलोग्राम, वनलसुन १,५६७.२ किलोग्राम, निगालो ३,३५० पिस, टिम्बर ४५८.५९ क्युफिट बिक्री भएको छ ।’ आर्थिक वर्ष ०७८/७९ मा जंगली जडीबुटी संकलनबाट ४० लाख  १६ हजार ६४ रुपैयाँ राजस्व संकलन भएको एक्याप मनाङले जनाएको छ । 

ad
ad