१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भान्सा सफा राख्ने घरेलु विधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३४:oo

- अस्वस्थकर खानपानले मानिसलाई विभिन्न रोगबाट संक्रमित गराउँछ । खाना स्वस्थ हुनका लागि घरको किचेनको सफाइ महत्वपूर्ण छ । भान्सा सफा गर्नका लागि तपाईंले केही घरेलु उपाय पनि प्रयोग गर्न सक्नुहुन्छ । 

- बेकिङ सोडामा कागती वा भेनेगर मिसाएर तपाईंले भान्सा सफा गर्न सक्नुहुन्छ । यो मिश्रणलाई एक स्प्रे बोतलमा हालेर यसलाई डाइनिङ टेबलमा छर्कने र त्यसपछि नरम कपडाले सफा गर्न सकिन्छ ।

- ओभन, ग्रिल, माइक्रोवेभ, स्टोभलगायत सबै सामग्री सफा गर्न सकिन्छ । यस्तो गर्दा ती सामग्रीमा लागेका तेल र बोसो हट्नेछ । रेफ्रिजेरेटर सफा गर्न पनि यसको प्रयोग गर्न सकिन्छ । डाइनिङ टेबलको तल, रेफ्रिजेरेटरको पछाडि र स्टोभको तल्लो हिस्सा सफा गर्नका लागि भ्याकुम क्लिनरको प्रयोग पनि गर्न सकिन्छ । 

- भान्सालाई आकर्षक र सफा बनाउनका लागि अहिले नयाँ–नयाँ प्रविधि भित्रिएका छन् । ग्यासको विकल्पका रूपमा तपाईंले कुकिङ रेन्ज प्रयोग गर्न सक्नुहुन्छ । यसले किचेनलाई आकर्षक देखाउँछ । खाना बनाउँदा धुवाँ वा खारका कारण फोहोर निस्कन्छ । घरमा चिम्नी राख्नुभयो भने यो समस्या कम हुन्छ । 

ad
ad