१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २३:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कुन-कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २३:o७:oo

हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालनजिक) अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

कोसी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षासमेत भएको छ । आज रातिको समयमा पनि कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । (रासस)

ad
ad