१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वडा नै नभएको ठाउँमा बजेट पठाइयाे : दिलकुमारी रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o३:oo

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छिन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे धारणा राख्दै उनले यस्तो बताएकी हुन्। नाैवटा वडा रहेको चितवनको माडीमा केन्द्र सरकारले १०औँ वडामा बजेट विनियोजित गरेको भन्दै उनले आपत्ति जनाइन्।

देश संघीयतामा गइसकेपछि पनि लाखको योजनाहरू केन्द्रबाटै गइरहेकोप्रति सांसद रावलको असन्तुष्टि थियो। 

बजेट बाँडफाँट गर्ने मन्त्रालयमै बेरुजु बढेको उल्लेख गर्दै उनले भनिन्, ‘अर्थ मन्त्रालय बजेट बाँडफाँट गर्ने मन्त्रालय हो, तर आज अर्थ मन्त्रालयमा सबैभन्दा धेरै ५७ प्रतिशत बेरुजु भइरहेको छ। यो के भइरहेको छ ? योजना आयोग र वित्त आयोगहरूले सिफारिस गरेको कुरा किन कार्यान्वयन हुन सक्दैनन् ?’

ad
ad