१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १९:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध, चिरीबाबुले भने, ‘मित लाएपछि सुखदुःख साट्छौँ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १९:४३:oo

ललितपुरको ललितपुर महानगरपालिका र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी–पत्रमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र मालिका गाउँपलिका अध्यक्ष देवीराम अर्यालले हस्ताक्षर गरे । 

त्यसक्रममा महानगर प्रमुख महर्जनले भगिनी सम्बन्ध गाँस्नु भनेको सुखदुःख आदानप्रदान गर्नु भएको बताए । ‘हामी मित हौंँ, दुःखसुख साट्छौँ, सहयोग गर्छौँ,’ उनले भने । उनले मितेरी सम्बन्धमा रहेका दुई पालिकामा भएका असल अभ्यास आदानप्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

मालिका गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘ललितपुरको एउटा फल्चा त्यहाँ बनाउँला ।’

ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भगिनी सम्बन्धले पालिकाहरूबीच सौहार्दता कायम हुने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘भगिनी सम्बन्ध गाँस्नु ठूलो कुरा होइन, सम्बन्धको प्रगाढता हुनु महत्वपूर्ण हो ।’ 

यो सम्बन्धलाई थप प्रगाढ बनाउन सीप, संस्कार र उत्पादन आदानप्रदान गर्नुपर्ने उनको भनाइ थियो । उनले भनिन् ,‘ यो काम गर्न सक्यौँ भने हाम्रो सम्बन्ध दिगो हुन्छ, प्रगाढ हुन्छ ।’

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले कला, संस्कृति र सम्पदाको सहर ललितपुर महानगरसँग दूरदराजको गाउँपालिकाले भगिनी सम्बन्ध गाँस्न पाउनु गौरवको कुरा भएको बताए । यो सम्बन्धले मालिका गाउँपालिका लाभान्वित हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘ललितपुर महानगर हाम्रो लागि खुला विश्वविद्यालय हुनेछ । हामी असल अभ्यास सिक्नेछौँ ।’ ललितपुर महानगर मालिका गाउँपालिकाको लागि असल अभिभावक भएको उनले बताए । 

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले अप्ठ्यारोमा परेका अन्य पालिकालाई पनि महानगरले सहयोग गरेको बताए । महानगरले विकट गुल्मी जिल्लामा रहेको मालिका गाउँपालिकालाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

पूर्वसचिव भीम उपाध्यायले कला र संस्कृतिको सहरले विकट जिल्ला गुल्मीको मालिका गाउँपालिकासँग भगिनी सम्बन्ध गाँस्नु महत्वपूर्ण भएको धारणा राखे । कार्यक्रममा ललितपुर महानगर र मालिका गाउँपालिकाका वडाध्यक्षहरूको उपस्थिति थियो । 

ad
ad