१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल तस्बिर ।
२o८१ बैशाख १९ बुधबार २o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारतीय रेल दुर्घटनामा मृत्यु भएका ५२ को पहिचान खुलेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:४६:oo

भारतमा करिब एक महिना पहिले २ जुनमा भएको रेल दुर्घटनामा परी मृत्यु भएकामध्ये ५२ शवको अझै पहिचान हुन सकेको छैन । लामो समयसम्म पहिचान हुन नसकेकाले ती शव चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार बताएका छन् । 

पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब दुई सय ८८ जनाको मृत्यु भएको थियो ।

अधिकांश मृत शरीरहरू पहिचान गर्न नसकिने गरी क्षतिग्रस्त भएका थिए र उनीहरूको डिएनए नमूनाहरू पहिचानको लागि पठाइएको थियो । कुल ८१ शवमध्ये २९ वटाको मात्र डिएनए नमूना मिलान गर्न सकिएको छ ।

उडिसाराज्यको राजधानी भुवनेश्वरको एक अस्पतालमा करिब २८ दिनदेखि शव राखिएको छ । भुवनेश्वर महानगरपालिकाका मेयर सुलोचना दासले शुक्रबार पत्रकारहरूसँग भने, ‘धेरै दावेदारहरू थिए त्यसैले शव दिन सकिएन । नमूना दिल्ली पठाइएको थियो र २९ जनाको मात्र नमूना पुष्टि भएको छ ।’ (एजेन्सीकाे सहयाेगमा)

ad
ad