१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस
२०७६ बैशाख ६ शुक्रबार १४:२६:००
Read Time : < 1 मिनेट
समाचार

भिमाद नगरपालिकामा राखेको बम सेनाद्वारा निष्क्रिय

Read Time : < 1 मिनेट
रासस
२०७६ बैशाख ६ शुक्रबार १४:२६:००

तनहुँको भिमाद नगरपालिका परिसरमा शुक्रबार बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ । कुकरमा प्लाष्टिक बेरेर राखेको बम नेपाली सेनाले निष्क्रिय गरेको हो ।

इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क्रिय गरिएको बताए । रेग्मीका अनुसार बम राख्नेको पहिचान हुन सकेको छैन । नेत्रविक्रम चन्द समूहले आतङ्कि पार्न बम राखेको अनुमान सुरक्षा निकायले गरेको छ ।   

यसअघि बिहीबार पनि तनहुँका चार ठाउँमा शङ्कास्पद वस्तु फेला परेको थियो । ती सबै वस्तुलाई नेपाली सेनाको सहयोगमा निष्क्रिय गरिएको प्रहरीले जनाएको छ ।