काभ्रेको रोशी गाउँपालिका– ५ नागवेलीमा घरको आँगनमा बम राखी बुद्धचित्तको बोट फँडानी गरेकाे छ । रातको समयमा अपरिचित समूह आएर स्थानीयको तीन घरमा बम राखी बुद्धचित्तको रुख काटेको हो ।
गएराति स्थानीय ठाकुरानी तामाङको हरेक वर्ष करोडौँमा बिक्री गर्दै आएको मालाको रुख अपरिचित समूह आई काटेर फरार भएका छन् ।
तीन घरको आँगनमा पाँचवटा बमजस्तो देखिने वस्तु राखेका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका टोलीले अनुसन्धान गरिरहेका छन् । नेपाली सेनाले बम डिस्पोज गर्ने तयारी गरेकाे छ । आर्थिक वर्ष ०७९/८० मा उक्त रुखमा फलेकाे बुद्धचित्त माला ९० लाखमा बिक्री भएको थियो ।