१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बेवारिसे बम विस्फोट हुँदा अफगानिस्तानमा नौ बालबालिकाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:२६:oo

अफगानिस्तानको गजनी प्रान्तमा बेवारिसे बम विस्फोट हुँदा नौ बालबालिकाको ज्यान गएको छ । 
आइतबार दिउँसो चारदेखि १० वर्ष उमेर समूहका ती बालबालिकाले बेवारिसे बम खेलाउँदा अचानक विस्फोट भएको सरकारी बख्तार समाचार एजेन्सीले सोमबार जनाएको छ ।

सबैको घटनास्थलमै मृत्यु भएको बख्तारले गजनीका सूचना र संस्कृति विभागका निर्देशक मुल्लाह हमिदुल्लाह निसारलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।  

गत २२ मार्चमा पनि दक्षिणी हेलमन्ड प्रान्तमा एक बम विस्फोटमा परेर तीन बालबालिकाको मृत्यु भएको थियो भने अन्य दुईजना घाइते भएका थिए ।

अफगानिस्तान विश्वको सबैभन्दा युद्धग्रस्त तथा बढी बारुदी सुरुङयुक्त देशहरूमध्ये एक हो जहाँ विगत चार दशकभन्दा बढी समयदेखिको युद्ध र नागरिक द्वन्द्वका कारण विस्फोट नभएका उपकरणहरू जथाभावी फालिएका छन् । (सिन्ह्वा)

ad
ad