विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २८ करोड ५० लाखबराबरको बजेट प्रस्तुत गरेको छ।
आइतबार विराटनगर महानगरको १२औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि कुल तीन अर्ब २८ करोड ५० लाखबराबरको अनुमानित बजट प्रस्तुत गरेकी हुन्।
विराटनगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि कुल तीन अर्ब ६३ करोडबराबरको बजेट प्रस्तुत गरेको थियो।
आगामी आर्थिक वर्ष ०८०/८१ का लागि प्रस्तुत भएको बजेटमा चालू खर्चतर्फ एक अर्ब ५१ करोड ८३ लाख २५ हजार र पुँजीगततर्फ एक अर्ब ७१ करोड ६६ लाख ७५ हजार विनियोजन प्रस्ताव गरिएको छ। यसैगरी वित्तीय व्यवस्थापनतर्फ ५० लाख रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ।