१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फ्रन्ट पेज प्रिन्ट संस्करण

न्यायका लागि दलित आयोगमा बबिताको निवेदन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:o७:oo

आफूलाई अपहरण गरेको अभियोगमा आफ्नै श्रीमान्लाई जेल हालेपछि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ४ की बबिता इसरले राष्ट्रिय दलित आयोगसमेत गुहारेकी छिन् । श्रीमान् मनोजकुमार रामसँग आफूले प्रेमविवाह गरेको र षड्यन्त्र रचेर श्रीमान्लाई जेल पठाइएको भन्दै इसरले जातीय आधारमा भेदभाव गर्नेलाई हदैसम्मको कारबाहीको माग गर्दै दलित आयोगको ललितपुरस्थित कार्यालयमा निवेदन दिएकी हुन् । 

‘हामी राजविराज जिल्ला अदालतमा हाजिर हुन आउँदा मेरो बयान नलिई मेरा श्रीमान्लाई बयान गराई अन्याय गराई थुनामा राखेको र मैले अदालतसमक्ष मलाई कसैले अपहरण तथा बेपत्ता गरेको छैन,’ उनले निवेदनमा भनेकी छिन्, ‘मनोजसँग प्रेमविवाह गरेकी हुँ ।’ अदालतबाट म घर जान खोज्दा ठूलोबुबा रोहित इसर, काका सञ्जय इसर, बाजे सकलदेव इसरले १०–१५ जना लगाएर अपहरण गर्न खोजेको उनको आरोप छ । ‘अदालतबाहिरै यस्ता क्रियाकलाप गरेकाले यस दलित आयोगसमक्ष उजुरी गर्दछु । जातीय आधारमा भेदभाव गर्नेलाई हदैसम्म कारबाही हुनुपर्छ,’ उनले भनेकी छिन् ।

अधिकारवादी संघसंस्थाले भने– जातीय भेदभाव गर्नेलाई कारबाही हुनुपर्छ 
अधिकारका क्षेत्रमा काम गर्ने आधा दर्जन संघसंस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गैरदलित युवतीसँग विवाह गरेको नाममा मनोजकुमार रामलाई अपहरण मुद्दा लगाएर कारागार चलान गरिएको भन्दै आपत्ति जनाएका छन् । दलित सरोकार मञ्च नेपाल, दलित कार्यपालिका सञ्जाल, संयुक्त दलित संघर्ष समिति र उत्पीडित जातीय मुक्ति समाजले संयुक्त विज्ञप्ति जारी गर्दैै घटनाको स्थलगत अध्ययन गरी आवश्यक पहल गर्न पनि आह्वान गरेका छन् । 

बबिताका श्रीमान् मनोजलाई रिहा गर्न सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

अधिवक्ता शैलेन्द्रप्रसाद हरिजन अम्बेडकरले शुक्रबार दर्ता गराएको रिटको पेसी १० असारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ । रिटमा जिल्ला अदालत राजविराजका साथै जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला कारागार कार्यालय र जिल्ला प्रहरी कार्यालयसमेतलाई विपक्षी बनाइएको छ । 

ad
ad