मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असार ७ बिहीबार ०७:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिआइएमा फोहोर व्यवस्थापन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार ७ बिहीबार ०७:४०:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा बुधबारदेखि आन्तरिक रूपमै फोहोर व्यवस्थापन सुरु भएको छ । विमानस्थलमा रेस्टुरेन्ट, हवाई यात्रु, आगन्तुक र कर्मचारीबाट निस्किने फोहोर व्यवस्थापनका लागि अत्याधुनिक ‘इन्सिनेरेटर’ मेसिन सञ्चालनमा ल्याइएको हो ।

आन्तरिक टर्मिनलको पार्किङनिर राखिएको इन्सिनेरेटर मेसिनले फोहोरलाई जलाएर खरानी र ग्यासमा परिणत गर्छ । कमेसिनबाट जल्ने फोहोरलाई व्यवस्थापन गर्दा विमानस्थलको समग्र सुरक्षालाई पनि बढाउने विमानस्थल कार्यालयले जनाएको छ । यसले वन्यजन्तु र चराको जोखिमलाई पनि कम गर्ने दाबी गरिएको छ ।

 मेसिनबाट निस्किने उच्च तापक्रमबाट फोहोरलाई जलाइरहने हुँदा विमानस्थललाई सफा राखिराख्न मद्दत पुग्नेछ । अब महानगरको गाडी फोहोर लिन नआउँदा पनि विमानस्थलको फोहोर व्यवस्थापनमा समस्या हुनेछैन ।