१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

रावा बैंकले असारभित्र ब्याज तिर्नेलाई छुट दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३५:oo

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले असारभित्र ब्याज तिर्ने ग्राहकलाई ब्याज रकममा छुट दिने भएको छ । बैंकले देशको व्यावसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै १ असारदेखि ३१ गतेसम्म जुनसुकै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरूलाई छुट दिने भएको हो । 

ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरड्यु, नर्मल तथा पेनाल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ । ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा जम्मा गरिने जनाइएको छ । 

हाल बैंकले देशका ७७ वटै जिल्लाका सदरमुकामसहित दुई सय ७२ शाखा कार्यालय, ५४ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 
 

ad
ad