१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘लोकसेवाले समयानुकूल पाठ्यक्रम र परीक्षण विधि सुधार्नुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:४४:oo

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगले समयानुकूल पाठ्यक्रम र परीक्षण विधिमा सुधार गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार आयोगको ७३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बौद्धिक जनशक्तिलाई आफ्नै मुलुकको सेवामा लगाउन आयोगले पाठ्यक्रम र परीक्षण विधि सुधार्नुपर्ने बताए। लोकसेवा आयोगले सधैँ वर्तमान पुस्ताप्रति न्याय तथा भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्नुपर्ने उनकाे भनाइ छ।

‘कर्मचारी भर्ना र छनोट समग्र प्रशासन संयन्त्रको जग भएकाले गलत भर्ना नीति र प्रक्रियाले शासन संगठनभित्र स्थायी खराबीहरू प्रवेश गर्न सक्ने भएकाले आयोगले त्यसलाई निरुत्साहित गर्न परीक्षण विधिहरूमा समयसापेक्ष सुधार गर्न जरुरी छ,’ उनले भने।

ad
ad