मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० जेठ २८ आइतबार १३:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा तीन दिन नीति तथा कार्यक्रममा छलफल हुने 

Read Time : < 1 मिनेट
२०८० जेठ २८ आइतबार १३:२४:००

लुम्बिनी प्रदेश सभामा तीन दिन नीति तथा कार्यक्रममा छलफल हुने भएको छ। 

प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष ०८०/८१ को संसदमा प्रस्तुत नीति तथा कार्यक्रम सम्बोधन गरेकोमा प्रदेश प्रमख अमिक शेरचनलाई धन्यवाद ज्ञापनको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। 

माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा र कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले समर्थन गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। 

योसँगै जेठ २९, ३० र ३१ मा नीति तथा कार्यक्रममा छलफल हुनेछ। आगामी प्रदेश सभा बैठक २९ जेठमा दिउँसो १ बजेदेखि बस्नेछ।