मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २६ शुक्रबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २६ शुक्रबार १२:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

५६ लाख सेयर लगानीकर्ताको सुरक्षा गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २६ शुक्रबार १२:१४:oo

अर्थमन्त्री प्रकाशशरण महतले ५६ लाख लगानीकर्ताको लगानी सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री डा. महतले सेयर बजारमा आममानिसको लगानी र आयआर्जनको माध्यमका रूपमा ठूलो आकर्षण रहेको र बोर्डको जिम्मेवारी पनि थपिएको बताए । उनले भने, ‘बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु छ, मेरो तर्फबाट कुनै  कसर बाँकी रहँदैन, लगानी गर्नेले ढुक्कले लगानी गर्नुभए हुन्छ ।’

बजेटले आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने भन्ने हल्ला मात्रै भएको उनले बताए । ‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन्,’ उनले भने, ‘उनीहरूको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको नै हो ।’  

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी आर्थिक वर्षभित्रमा कमोडिटिज एक्सचेन्ज सञ्चालनमा ल्याउने गरी काम गरेको बताए । ब्रोकर लाइसेन्स वितरण पनि दुई महिनाभित्र सम्पन्न गर्ने उनले बताए । उनले भने, ‘अहिले एलोआई (आशयपत्र) पाएका सबैलाई लाइसेन्स वितरण हुन्छ, १८ कम्पनीले पाइसके, अब बाँकीले पनि पाउँछन् ।’ त्यस्तै, अब आइपिओ (प्राथमिक सेयर) निष्कासनको स्वीकृति पनि मिति तोकेर ४५ दिनभित्र दिने तयारीमा रहेको उनले बताए ।