१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Friday, 09 May, 2025
२o८o जेठ २५ बिहीबार २o:४२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एक करोड २५ लाखको गाँजासहित दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार २o:४२:oo

भारतको छत्तीसगढको महासमुन्ड जिल्लामा एक करोड २५ लाख रुपैयाँबराबरको गाँजासहित दुईजना पक्राउ परेका छन्। 

लागुऔषध तस्करीविरुद्धको ठूलो पछिल्लो कारबाहीमा प्रहरीले गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको हो। 
उनीहरूको साथबाट एक करोड २५ लाख रुपैयाँबराबरको गाँजा बरामद भएको महासमुन्डका प्रहरी उपरीक्षक (एसपी) धर्मेन्द्र सिंहले बताएका छन्।

गाँजा ओसारपसार गरिरहेको विशेष सूचना पाएपछि प्रहरी टोलीले ट्रकलाई रोकेर खानतलासी गर्दा पाँच सय केजी लागुऔषध गाँजा बरामद भएको हो। रासस