मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ २३ मंगलबार १७:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौँ : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ २३ मंगलबार १७:०१:००

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०८०/८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन्।

बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ छ। मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारुढ दलहरूले अहंकार देखाएर बजेटमा कमा र फुलस्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए।

‘अब यहाँ सत्ता अहंकार हुन्छ– बजेट सच्याउन मिल्दैन। बजेट सच्याएबापत सरकार असफल भयो भन्दैनाैँ हामी। सच्याउनुस् बजेट। सरकार असफल भयो, सरकारले बजेट फेर्‍यो भन्दैनौँ हामी। तर, सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौँ। तर, सत्ता अहंकारले बजेटमा कमा, फुलस्टप फेरिँदैन। हामी जो बाहुबली छाैँ। टेर्दैनौँ भन्नुहुन्छ भने परिणामले तपाईंलाई सत्ता अहंकारबाट तपाईंको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ,’ उनले भने।

ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकिर गरे। उनले राजस्व अपचलन हुने गरी बजेट आएको दाबी गरे।