१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर सौजन्य : त्रिवेणी नगरपालिका
गगन अयडी बाजुरा
२०८० जेठ २३ मंगलबार ०५:५५:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आमाको निधनपछि अलपत्र बाजुराका ६ बालबालिकाको उद्धार

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०८० जेठ २३ मंगलबार ०५:५५:००

शान्ति सेवा गृहले बालबालिकाको पालनपोषण र शिक्षाको जिम्मेवारीसहित सोमबार उद्धार गरेर काठमाडौं ल्याउँदै

आमाको निधन भएपछि अलपत्र परेका बाजुराको त्रिवेणी नगरपालिका– १ नेपाली टोलका ६ बालबालिकाको उद्धार भएको छ । काठमाडौंमा रहेको शान्ति सेवा गृहले ती बालबालिकाको पालनपोषण र शिक्षा दिने भनेर सोमबार उद्धार गरेर धनगढी पु¥याएको छ । मंगलबार काठमाडौं ल्याइँदै छ ।

आमा आशा नेपालीको २७ वर्षकै उमेरमा निधन हुनुका साथै बुबा मन्नामे मानसिक समस्याले पीडित रहेको पाइएपछि बालबालिकाको उद्धार भएको बाजुराका पत्रकारसमेत रहेका सामाजिक अभियन्ता प्रकाश सिंहले बताए । ‘६ जना बालबालिकाको शिक्षा र पालनपोषणको जिम्मा लिने गरी त्रिवेणी नगरपालिकासँग कागजात गरेर शान्ति सेवा गृहले उद्धार गरेको हो,’ उनले भने ।

त्रिवेणीकी उपमेयर कमला न्यौपानेले बालबालिकाको जन्मदर्ता र आमाको मृत्युदर्ता बनाएर उद्धार गरिएको जानकारी दिइन् । फोक्सो र मिर्गौलासम्बन्धी रोगबाट पीडित आशाको गत १० जेठमा उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको थियो ।

आशाका पति मन्नामे मानसिक समस्याले पीडित भएकाले बालबालिका छिमेकीको शरणमा पुगेका थिए । आमा बितेपछि सुशीलाको दैनिकी भाइबहिनी, आठ वर्षीया सुमिता, ६ वर्षीया सोमिया, चार वर्षीय शिशिर, दुई वर्षीय सिभान र एकमहिने सृष्टिको रेखदेखमा बित्ने गरेको थियो । 

आमाको मृत्यु भएपछि १० वर्षीया बालिकाको काँधमा पाँच भाइबहिनीको जिम्मेवारी आइलागेको समाचार नयाँ पत्रिकाले सोमबारको अंकमा प्रकाशन गरेको थियो ।